नेपाली तारा सन्तोष लामाको ‘कोन्ज्योसोमको कसम’

दोस्रो नेपाली तारा सन्तोष लामाको नयाँ गीत ”कोन्ज्योसोमको कसम” सार्बजनिक भएको छ । आफ्नै युट्युब च्यानल मार्फत तामाङ सेलो ‘कोन्ज्योसोमको कसम’ लामाले रिलिज गरेका हुन् । सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चांद सिङको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा छुल्ठिम गुरुङ, तामाङ फिल्मका हिरो कुमार मोक्तान र बिशाल लामाको अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन सुमन लामाले गरेका छन् भने ज्ञानेन्द्र शर्माको सिनेमेट्रोग्राफी र निशान घिमिरेको सम्पादन रहेको छ ।