अनमोलको फिल्ममा दयाहाङ

अभिनेता दयाहाङ राई फिल्म ‘आप्पा’ को छायाँकनम व्यस्त छन् । अनमोल गुरुङको निर्देशन रहेको फिल्म आप्पामा दयासंगै अरुणा कार्कीको अभिनय देख्न सकिनेछ । ‘आप्पा’ फिल्म निर्माणको घोषणा भारतको कालेबुङमा गरिएको थियो । कथा युनिभर्सल भएको तथा नेपाली फिल्म इतिहासमा यसले एउटा नयाँ आयाम निर्माण गर्नसक्छ भनेर नै यो फिल्म खेल्न लागेको दयाले बताए ।

‘आप्पा’ को कथा निर्देशक घिमिरेले तयार गरेका हुन् । माउन्टेन पिक्चर्समा बन्न लागेको फिल्मको छायांकन बुधवार घुम रेल्वे स्टेशनबाट सुरु भएको छ । बाबु छोराको कथामा आधारित ‘आप्पा’ फिल्मलाई बुबाको मुख हेर्ने दिन प्रदर्शन गर्ने निर्देशकको लक्ष्य रहेको छ । फिल्मको निर्देशन तुलसी घिमिरेले गरेका छन् ।