सलमानको ‘रेश ३’ ट्रेलर सार्वजनिक

अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित मल्टीस्टारर फिल्म ‘रेश ३’को ट्रेलर सार्वजनिक भएको छ । सैफ अलि खानकाे मुख्य भूमिका रहेको फिल्म ‘रेश’ २००८मा र ‘रेश २’ २०१३मा प्रदर्शनमा आएको थियो ।

फिल्मको तेश्रो सिक्वेल ‘रेश ३’मा सलमान खान, अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज, डेजी शाह, सकिब सलिम, फ्रिडी दारुवाला लगायतको अभिनय रहेको । एक्सन प्रधान फिल्म रेमो डिसुजाले निर्देशन गरेका हुन भने निर्माण सलमान खान फिल्म्स र टिप्स फिल्म्सले संयुक्त रुपमा गरेका हुन् । फिल्म जुन १५ (असार १ गते) रिलिज हुदैँछ ।