कस्तो छ मनिषाको ‘हिरामन्डी’को ट्रेलर ?

संजयलीला भन्सालीको निर्देशनमा तयार भएको वेब ‘हिरामन्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । मे १ देखि नेटफ्लिक्समा रिलिजमा आउन लागेको यो वेब सिरिजले हीराको बजारको कथा भन्छ । 

तर, यो वेब सिरिजको संवाद, मेकिङ गज्जब छ । संजयलीला भन्सालीको फिल्मबाट दर्शकले गर्ने अपेक्षा यो वेब सिरिजबाट पनि पुरा हुने देखिन्छ । 

यो सिरिजमा नायिका मनीषा कोइरालादेखि सोनाक्षी सिन्हासँगको अभिनय छ । साथमा यो सिरिजमा अदिति राय हैदरी, ऋचा चड्डा, सन्जिदा सेख, सर्मिन सेगल लगायतको अभिनय छ । सन् २०२१ मा घोषणा गरिएको यो वेब सिरिज निर्माणका लागि भन्सालीलाई ३ बर्ष लाग्यो । 

दर्शकले यो सिरिजको व्यग्र प्रतीक्षा गरिरहेका छन् । यसैले, यसले ओटिटीमा धुम मच्चाउने अपेक्षा गरिएको छ ।