अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’लाई खराब प्रतिक्रिया

आजदेखि रिलिजमा आएको बलिउड फिल्म बडे मियाँ छोटे मियाँ’लाई समिक्षकहरुले खराब प्रतिक्रिया दिएका छन् । 

यस्तै, फिल्मले दर्शकबाट पनि मिश्रित प्रतिक्रिया पाइरहेको छ । बलिउडका चर्चित समीक्षक तरण आदर्शले यो फिल्मलाई जम्मा २ रेटिङ दिँदै निराशावादी फिल्म भनेका छन् । 

अली अब्बास जफरको निर्देशनमा तयार भएको यो फिल्मलाई पूजा इन्टरटेन्मेन्टले निर्माण गरेको हो । महँगो बजेटमा तयार भएको फिल्मलाई दर्शकले कमजोर कथाले भरिएको फिल्म भनेका छन् । 

जसकाकारण, फिल्मले बक्स अफिसमा बलियो व्यापार नगर्ने देखिएको छ । आज बिदाको दिनमा पनि फिल्मको व्यापार आक्रामक देखिएको छैन । 

अर्कोतिर, यो फिल्मका निर्मातालाई कर्पोरेट बूकिङ गरेको आरोप पनि लागेको छ । यो फिल्मलाई नेपालका वितरकले भने किनेका छैनन् ।

जसकाकारण, फिल्म नेपालमा रिलिज भएको छैन ।