‘चि मुसी चि’को पोस्टर सार्वजनिक

- मेराेफिल्म

श्रावण ११ गते रिलीज डेट रहेको फिल्म ‘चि मुसी चि’को पोस्टर सार्वजनिक भएको छ । टौवा क्रियशनले तयार पारेको पोस्टरमा प्रमूख तीन कलाकारहरु सुनिल क्षेत्री, सुसान्त कार्की र अलिशा शर्मा रहेका छन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

बासु न्यौपानेले खिचेको फिल्ममा भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्कीको प्रस्तुती रहेको छ । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ ।

२०७५ जेठ २२ गते १२:२२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *