नेपालका दश सहरमा डिजे डेक्सी

स्कटल्याण्डकी चर्चित डिजे डेक्सी नेपाल आएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा डिजे प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।
यहि शुक्रबार अर्थात जेष्ठ २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ मा सहभागी हुन उनी पहिलो पटक बुधबार साँझ नेपाल आइपुगेकी छन् । कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ । बिश्वका उत्कृष्ट डिजे मध्ये टप ५० भित्र पर्ने डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रालीले गरेको हो ।
प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको कार्यक्रममा नेपालका डिजे जेनी, डिजे प्रज्वल र चर्चित गायक तथा र्यापर मानस घलेको समेत प्रस्तुति रहने छ । फेष्ट शुक्रबार देखि विर्तामोडबाट सुरु हुँदैछ ।त्यसपछि इटहरी, हेटौडा, चितवन, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा हुँदै असार ३० गते काठमाडौमा आएर सकिने छ । नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट डिजेहरुले दर्शक तथा श्रोतालाई मनोरन्जन दिईने कार्यक्रम अभिनेत्री तथा भिजे सध्या केसीले होस्ट गर्नेछिन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया