फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ युनिट जोमसोममा

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’युनिट छायाँकनको क्रममा जोमसोम पुगेको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट छायाँकन सुरु भएको फिल्मको सुटिंग अहिले जोमसोममा भैरहेको छ । यस अघि सोलु तथा काठमाण्डौमा केहि भाग छायांकन गरिएको थियो ।

फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।