ब्ल्याकको कालो कर्तुत : सुबिन भट्टराई

लेखक सुबिन भट्टराईले फिल्म कायराको ट्रेलर आफ्नो स्टटसबाट चोरी भएको आरोप लगाएको केहि दिन नबित्दै फेरी फिल्म ब्ल्याकले चोरी गरेको आरोप लगाएका छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस पोस्ट गर्दै फिल्मको ट्रेलरमा प्रयोग भएको शब्द आफ्नो पुस्तक ‘मनसुन’ बाट लिइएको आरोप लगाएका हुन् । उनले स्ट्याटसमा किताबको पेज नम्बर समेत उल्लेख गर्दै स्ट्याटसमा भनेका छन् :
फिल्मको नाम Black रे । लौ हेर्नुस् यहि Black को कालो कर्तुत । नेपाली फिल्म जगतको चोरी (यसलाई त डकैती नै भने भो) अझै कति कति सहनुपर्ने हो ।
योपटक पुस्तकबाटै चोरेछन् ।
हामी दुबैबीच प्रेम थियो या थिएन, तर केही त थियो, जो प्रेमजस्तै मिठो थियो ।
(मनसुन पेज नम्बर ७३)
प्लिज यति जाबो चोर्दैमा के हुन्छ र ?” “यति त जसले पनि सोच्न सकिहाल्छ नि ! ” ” यो त मैले बच्चैदेखि सुनेको हुँ” भन्ने कुर्तक चाहिँ नगर्नु होला ।
नोटः यो फिल्मको पब्लिसिटी गरेको होइन । यहाँहरु यो चोरीको बिरोध गर्नुहुन्छ भने यूट्यूमा आफ्नो प्रतिक्रिया जनाइ डिस्लाइक गरिदिनुहोला । जे सुकै चोरोस् चोर चोर नै, तिनीहरुको बिरोध नगुर्न पनि मौन समर्थन नै हुन सक्छ कि !!!!!!!!!


उक्त फिल्मको ट्रेलर यस्तो रहेको छ :