झरना थापा स्टारर फिल्म ‘झिल्के’ ट्रेलर

झरना थापा स्टारर फिल्म ‘झिल्के’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म लभ स्टोरी जनरामा निर्माण भएको हेर्न सकिन्छ । ट्रेलरमा पुस्कर गौतम र झरणा थापाको रोमान्सलाई समेटिएको छ । लक्ष्मण योन्जन तामाङको कथा तथा निर्देशन रहेको फिल्ममा सुमन तामाङको छायांकन रहेको छ ।

फिल्म भिम बस्नेत,  कुन्दन राई,  देबेश राई,  गणेस रिजाल लगायतले संयुक्तरुपमा निर्माण गरेका हुन् ।  फिल्ममा झरना थापा,  पुस्कर गौतम,  राजमाझी दाहाल,  राज कुमार, राजिव लगायत कलाकारहरुको अभिनय रहेको छ ।