प्रियंका बाहिरिएसँगै ‘भारत’मा क्याटरिनाको इन्ट्री

सलमान खान स्टारर फिल्म भारत दर्शकले प्रतिक्षा गरिरहेको फिल्म हो । फिल्म घोषणा भएदेखि नै यसको चर्चा निकै हुन थालेकोथियो र भईरहेको पनि छ । पछिल्लो समय प्रियंका चोपडाले फिल्म नगर्ने भएपछि झन् फिल्मलाई लिएर निकै चर्चा हुन थालेको हो । खबर अनुसार प्रियंकाको साटोमा क्याट्रीना केफ देखिने भएकी छन् ।

प्रियंकाले आफ्नो व्यक्तिगत समस्याका कारण फिल्म गर्न इन्कार गरेकी हुन् । यो खबर फिल्मका डायरेक्टर अली अब्बास जफरले ट्वीट मार्फत बताएका छन् । एक भारतिय च्यानलका अनुसार अब क्याट्रिना केफ फिल्मको लागि तयारी भैसकेकी छन् । उक्त फिल्मको  सुटिंग सेप्टेम्बरबाट हुने निर्माण टिमको भनाई रहेको छ ।