शिल्पा पोखरेल अनुपकी बेहुली !

असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेल शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । हालै फिल्म निर्माण टिमले नायक अनुप विक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्म भित्रका केहि महत्वपुर्ण फोटो सार्वजनिक गरेको छ । फिल्मभित्र नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाहीको विवाहको फोटो सावर्जनिक भएको छ जुन सिन फिल्मको मूख्य पक्ष रहेको बुझिएको छ ।

फिल्ममा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल,  धिरेन शाक्य, कृष्ण शिवाकोटी,  देव तामाङ,  अंशु थापा,  अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र  सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।