रजनीकांत र अक्षय कुमारको ‘२.०’ रिलीज मिती तय

दक्षिण भारतीय फिल्म ‘२.०’को प्रदर्शन मिति तय भएको छ । २०१७ देखि रिलिज हुने भनिएको यो फिल्म कुन डेटमा रिलिज हुन्छ भन्ने कौतुहलता सबैमा थियो । अब भने फिल्मले आफ्नो नयाँ प्रदर्शन मिती सर्वजनिक गरेको छ ।

अब, यो फिल्म सन् २०१८ को नोभेम्बर २९ तारिखमा रिलिज हुने भएको छ । फिल्मका निर्देशक शंकरले यसको प्रदर्शन मिति अब नसर्ने भन्दै ट्विट गरेका छन् । ४ सय करोड भन्दा बढी लगानी भइसकेको फिल्मको भीएफएक्सका कारणले गर्दा रिलिज मिति सर्दै आएकोमा भीएफएक्स कम्पनीले पनि काम सक्ने पक्का गरेकाले यो मितिमा फिल्म रिलिज हुने शंकरले ट्विट गर्दै बताएका छन् ।

फिल्ममा रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ । फिल्ममा अक्षय कुमारले नेगेटिभ भूमिका निर्वाह गरेका छन् । यही मितिमा बलिउड फिल्म ‘केदारनाथ’ पनि प्रदर्शन हुँदै छ ।