लभ स्टोरी फिल्म ‘रामकहानी’को हरर फ्लेभरको ट्रेलर

निर्देशक सुदर्शन थापा बिशेष गरी लभ स्टोरी फिल्मका लागि चर्चित छन । उनले निर्देशन् गरेका फिल्महरु अधिकाङ्श हिट छन् । प्रेमकथा उठान र त्यसको उत्कृष्ट प्रस्तुतीका लागी थापाको नाम अगाडी आउँछ । उनकै पछिल्लो निर्देशन रहेको फिल्म रामकहानीको ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक थापाले मायाका अनेक रुप हुन्छन र मायाप्रेम देखाउने ढंग पनि फरक हुन सक्छ भन्ने मान्यता अनुरुप फिल्मको कथा बस्तु निर्माण गरेको र यस फिल्ममा फरक प्रेमकथा दर्शकले हेर्न पाउने बताए ।

लभ स्टोरी जनारामा बनेको फिल्ममा रहेको जम्बो कलाकार टोलीले पनि फिल्मको हाइप बढाएको छ । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राई रविन्द्र झा, राजाराम पौडेल, शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्म भदौ २२ देखी प्रदर्शनमा आउने छ ।