अनमोलको ‘क्याप्टेन’ मंसिर २१ मा !

अनमोल केसी स्टारार बहु प्रतिक्षित फिल्म क्याप्टेन प्रदर्शन मितिलाई लिएर विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन् । फिल्म छायाङ्कन अगावै देखि चर्चामा रहेको क्याप्टेन कहिले प्रदर्शनमा आउँछ भन्ने चासो आम दर्शक र फिल्म कर्मीलाई छ । फिल्म यूनिटले औपचारिक रुपमा रिलिज मिति सार्वजनिक नगरे पनि फिल्म भदौ ८ मा आउने चर्चा चलेको थियो । पछी भदौ २२, भदौ २९ वा असोज ५ गते गते प्रदर्शनमा आउने पनि चर्चा चल्यो ।
तर, पछिल्लो समय फिल्मको नयाँ प्रदर्शन मितिको हल्ला बाहिरिएको छ । सुत्रका अनुसार अब फिल्म मंसिर २१ गते प्रदर्शनमा आउने पक्का पक्कि भएको छ । यध्यपी फिल्म निर्माण पक्षले रिलिज मिती सार्वजनिक भने गरेको छैन । भुवन केसीको निर्माणमा दिवाकर भट्टराईको निर्देशन रहेको फिल्ममा अनमोल केसीसँगै चर्चित अभिनेताहरु प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राईको साथमा नायिकाहरु उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतको अभिनय रहेको छ । अनमोल पहिलो पटक स्पोर्टी लूक्समा फुटबल खेलाडिका रुपमा फिल्ममा प्रस्तुत हुन लागेका छन् ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया