‘कायरा’को दुई दिने कलेक्सन कति ?

‘कायरा’ रिलिजको तेश्रो दिन सम्म आइपुग्दा फिल्मले दर्शकको उलेख्य साथ पाइरहेको छ । बर्षाका बाबजुद शनिबार फिल्मको अधिकांश शोहरु हाउसफुल रहे । फिल्म हेर्न आएका दर्शकलाई भेट्न भन्दै फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह अस्ट नारायण हल पुगेका थिए । फिल्म हेर्ने दर्शकहरुबाट उत्कृष्ट प्रतिकृया पाएको उनिहरुले बताए ।
प्रदर्शनको पहिलो दिन ३४ लाख ६५ हजार भन्दा बढी कलेक्सन गरेको फिल्मले प्रदर्शनको दोश्रो दिन ६२ लाख भन्दा बढी कलेक्सन गर्न सफल भयो । शनिबार उपत्यका बाहिर २४ लाख भन्दा बढी कलेक्सन गरेको फिल्मले उपत्यका भित्र ३८ लाख भन्दा बढी कलेक्सन गर्यो । २ दिनको कलेक्सन हेर्दा फिल्मले ९६ लाख ६५ हजार भन्दा बढी कलेक्सन गरेको छ । फिल्म तेश्रो दिनमा करोड क्लबमा प्रवेश गर्ने लगभग पक्का देखिएको छ । यद्यपी तेश्रो दिनको कलेक्सन रिपोर्ट आउन बाँकी छ ।
नायक सिग्देलकै कथा तथा निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा दिनेश थापा र दिवस पराजुली सह-निर्माता रहेका छन् ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया