नेपालमा पहिलो पटक सांगीतिक सिरिज

- मेराेफिल्म

नेपाल आइडल कन्टेष्टका फाइनल प्रतियोगी प्रताप दास, टप टेन कन्टेष्टेन्ट सन्ध्या जोशी, गायक अंकित बावु अधिकारी, अजय क्षेत्री र सान्तिम कोइरालाको आवाज गुन्जिने गरि  नेपाली गायन क्षेत्रमा पहिलो पटक सांगितिक सिरिजको सुरुवात भएको छ । सिरिजले पहिलो पटक रंगलाई गीतको थिम बनाएर गाउन लागेको हो ।

सांगितिक क्षेत्रका युवापुस्ताले आफ्नै रचनामा रचिएको गीतलाई विभिन्न रंगको माध्यमबाट फरक र नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यले ६ हप्ता लामो सांगितिक सिरिजको सुरुवात गरेका हुन् । युटुवमार्फत  सिरीजको पहिलो गीत सार्वजनिक भएको छ जसमा प्रताप दासको आवाज रहेको छ ।

२०७५ साउन २१ गते १३:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *