कसले रुवायो एलिशालाई ? (भिडियो)

गायक बिनय केटुले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि नया गीत ` सारंगी रेटौला´ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोईश ठकुरिको निर्माण रहेको गीतमा गायक बिनयको आवाज रहेको छ भने गीतलाई गायक बिनयले आफै संगीत एरेन्ज गरेका छ्न । गीतमा गीतकार तथा संगीतकार समय खड्काले शब्द रचना तथा संगीत भरेका छन् भने गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन । भिडियोमा मोडल एलिशा राई, निराजन प्रधान , अस्विना केसि र बुद्धन थापाको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको यस गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।