‘सुपर ३०’ फस्ट लुक पोष्टरमा ऋतिक रोशन

विकास बहलको निर्देशनमा निर्माण भएको फिल्म ‘सुपर ३०’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा ऋतिक रोशनलाई गम्भिर लुकका साथै दारीमा देख्न सकिन्छ । उक्त बायोपिक बिहारको आनन्द कुमारको काहानी हो जो सुपर ३० का संस्थापक हुन् । फिल्ममा ऋतिकले आनन्द कुमारको भुमिका निभाएका छन् । जो बिहारका गरीब बच्चाहरुलाई आईआईटीको परिक्षाको लागि तयारीमा सहयोग गर्ने गर्छन् । यानकी फिल्म पुरै बिहारमा सुटिङ भएको छ । ऋतिक रोशन स्टारर बायोपिक फिल्म २५ जनवरी २०१९ मा रिलिज हुने निर्माण टिमले जनाएको छ ।