रजनीकान्तको ‘२.०’ टिजर रिलिज

दक्षिण भारतीय फिल्म ‘२.०’को टिजर सार्वजनिक भएको छ । फिल्ममा रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ । फिल्ममा अक्षय कुमारले नेगेटिभ भूमिका निर्वाह गरेका छन् । फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ । शंकरको निर्देशनमा तयार भएको यो फिल्ममा ए आर रहमानको संगीत छ ।