स्वर पछि सरकारी जागिरमा केकी र रीमा

फिल्म स्वर मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेस गरेका केकी अधिकारी र रीमा बिश्वकर्मा यतिबेला नयाँ फिल्म ‘सरकारी जागिर’को छायांकनमा व्यस्त छन् ।

फिल्ममा केकी र रीमको साथमा गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ । सामाजिक कथावस्तुमा निर्माण भैरहेको फिल्म ‘सरकारी जागिर’ को छायांकन सुरु भएको २ साता बढी भैसकेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई अमित प्रधान र अदिप प्रधानलाई संयुक्त रुपमा निर्देशन गरिरहेका छन् ।