बिष्णु हरी पौडेलको ‘हुलाकी’ (भिडियो)

अस्ट्रेलिया निवासी नव गायक बिष्णु हरी पौडेलको ‘हुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा नै रहेर लामो समयदेखि संगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाई गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश, आफन्तजन र विशेषगरी मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुड सम्झेर सधैँ फर्किने मात्रै बारेमा सोचेको तथ्यलाई बिम्वात्मक रुपमा प्रस्तुत गरिएको छ । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा करिश्मा ढकाल र सुमन देवकोटाको अभिनय रहेको छ । बुद्ध थापा र किरण भण्डारीको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने डीओपीमा अर्जुन तिवारी रहेका छन् । भिडियोलाई फाटी प्रोडक्सनले निर्माण गरेको हो ।