‘जात्रै जात्रा’ टिजर सार्वजनिक

अभिनेत्री वर्षा राउत र अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार  बिपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झासँगै यसअघि सार्वजनिक नगरिएका दयाहाङ राई लगायत प्रस्तुत छन् । टिजरमा जात्राको बेलामा लाखेहरुसँग भाग्दै गरेका फिल्मका तिन अभिनेताहरु मर्न भनि जाँदै दयाहाङ राईको जालमा परेको देखाईएको छ ।

‘जात्रा’, ‘शत्रु गते जस्ता सफल फिल्म निर्देशन गरेका प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रै जात्रा’मा विपिन, बर्षा र दयाहाङको साथमा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको अभिनय रहेको छ । फिल्ममा निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउनेछ ।