सुँगुरको प्रेममा यी अभिनेत्री

कलाकार चर्चामा आउन कै लागि विभिन्न फण्डा गर्न पछी पर्दैनन् । उनीहरुको हरेक क्रियाकलाप समाचार समेत बन्ने गर्छन् । यस्तै अचम्मको कुराका कारण चर्चामा छिन् अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डे । उनी अहिले एउटा सुँगुरसँग प्रेममा परेकी छिन् ।

डेन्जरस विमन एल्बमकी गायिका एरियाना आफ्नो घरपालुवा सुँगुरलाई आफ्नो प्रेमीलाई भन्दा पनि धेरै चाहन्छिन् । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् । करिब पाँच महिना पहिले ग्राण्डेले अमेरिकी हाँस्यकलाकार तथा अभिनेता पेट डेभिडसनसँग इन्गेजमेन्ट गरेकी थिइन् । त्यस समय डेविडसनले उपहारस्वरुप एरियानालाई सुँगुरको बच्चा दिएका थिए । तर दुर्भाग्यवश केही समयपछि ती दुई जोडीबीच खटपट शुरु भयो जसकारण उनीहरुले आफ्नो सम्बन्ध तोडे । सम्बन्ध तोडेपछि एरियानालो डेविडसनका सम्पूर्ण उपहारहरु फिर्ता दिनुपर्यो । एरियानाले करिब ६८ लाख रुपयाँ मूल्य पर्ने औंठी पनि फिर्ता दिइन् तर उनले त्यस सुँगुरको बच्चालाई भने फिर्ता दिइनन् ।

एरियानाको जीवनमा केहि समय पहिले आएको त्यो सानो सुँगुरको बच्चा निकै महत्वपूर्ण छ । उनी त्यसलाई धेरै प्रेम गर्छिन् । उनी त्यसलाई आफूबाट एक क्षणका लागि पनि टाढा राख्दिनन् ।