पोस्टरमा अनमोलको ‘क्याप्टेन’

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को दुई पोष्टर सार्वजनिक भएको छ । अनमोललाई पोष्टरमा फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ ।

अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म क्याप्टेनमा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । फागुन १७ देखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राईको साथमा नायिकाहरु उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतको अभिनय रहेको छ । फिल्मको पहिलो गीत बिहिवार सार्वजनिक गरिने निर्माण यूनिटले बताएको छ ।