फिल्म मेकिंगमा युवालाई अवसर

विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटी ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय फिल्म मेकिंग तालिमको संचालन हुने भएको छ  । तिन चरणमा बिभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ  । दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको फिल्म निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको फिल्मलाइ दर्शक माझ प्रस्तुत गरिने छ ।

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २४ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । कार्यक्रम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा २०७५ पौष १३ देखि १७ गतेसम्म संचालन हुनेछ  । १८ बर्ष देखि २९ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रसिक्षण दिइने बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।