प्रियंका र अर्पणको इन्टिमेट सिन सहितको ‘अनागत’ टिजर

अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यस अघि फिल्म ‘कथा काठमान्डु’ मा इन्टिमेट सिन दिएर आलोचना खेपेकी अभिनेत्री कार्कीको यस फिल्मको टिजरमा समेत सोहि किसिमको दृश्यलाई समेटिएको छ । करीब २ वर्ष अगाडि नै छायांकन सकिएको फिल्मको प्रदर्शन मिति माघ ११ लाई फाइनल गरिएको हो ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको समेत अभिनय रहेको छ । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् । साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका छन् ।