अर्पणको ‘घर’मा भित्रिइन् सुरक्षा

डीएस डिजिटलको ब्यानरमा बन्न लागेको फिल्म ‘घर’को फिमेल लिड एक्ट्रेसमा सुरक्षा पन्त फाइनल भएकी छन् । फिल्ममा अभिनेता अर्पण थापा यस अघि नै फाइनल भएका थिए ।

शर्मिला पाण्डे र दिपेन्द्र के खनालको निर्माण रहने फिल्म अभिनेता तथा निर्देशक अर्पण थापाले नै निर्देशन गर्दै छन् भने सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । निर्मात्री पाण्डेले यसअघि फिल्म ‘लभ लभ लभ’ र ‘चंगाचेट’ निर्माण गरेकी थिइन् । माघबाट फ्लोरमा जाने भनिएको फिल्म पूर्णतया हरर कथामा आधारित हुनेछ । फिल्मका लागि एक नायिकासँगै अन्य कलाकारको खोजी भइरहेको निर्माण पक्षले बताएको छ ।

अभिनेत्री पन्तको फिल्म ‘गोपी’ माघ १८ बाट प्रदर्शनमा आउदै छ  ।