फिल्म ‘मारुनी’मा सम्पदा बानियाँ

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्म ‘मारुनी’मा नायिका सम्पदाबानियाँको इन्ट्री भएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्म छायांकनमा गएको लामो समय पछी बानियाँ फिल्ममा प्रवेश गरेकी हुन् । फिल्म ‘सलाम छ मायालाई’सँगै केही भोजपुरी फिल्ममा अभिनय गरेकी बानियाँ पछिल्लो समय म्युजिक भिडियो अभिनयमा ब्यस्त छिन् ।

सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल, सौर्य अधिकारीको अभिनय रहेको फिल्म हाल छायांकनको लगभग अन्तिम चरणमा पुगेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।