ठगी मुद्धामा जेल जादै मोडल खुस्वु ओली

मोडल खुश्बु ओली चेक अनादर मुद्दामा दोषी ठहर भएकी छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

ओलीले गोपाल कटुवालको नाममा ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । करिव २ बर्ष अगाडी कटुवालले आफूले खुस्बुलाइ दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन् । खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन् । उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको देखिन्छ । त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए । तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो।

पटकपटक फोन गरेर पैसा जम्मा गर्न भन्दा पनि ओलीले रकम जम्मा नगरेको कटुवालको भनाइ छ । त्यसपछि कटुवाल २०१७ जनवरी १९ तारिखमा पुन: चेक साट्न बैंक पुगे । त्यतिखेर पनि ओलीको खातामा पर्याप्त रकम नभएपछि चेक साटिएन । सोहि मुद्दामा अदालतले मङ्गलबार फैसला गरेको हो ।