आगामी दशैमा फिल्म ‘प्रेम पूजा’

माहाशिब रात्रीको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक प्रेमकथामा आधारित फिल्मलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् ।

बैशाखको पहिलो साताबाट छंयाकनमा जान लागेको फिल्मको काठमाडौ, चितवन र भारतको बनारसमा छांयांकन गरिने फिल्मलाई ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा लि ले निर्माण गर्दै छ । फिल्मको कथा, पटकथा तथा सम्बाद अभिमन्यु निरभिको रहेको छ । हाल ‘ प्रेम पूजा ’ को प्राबिधिक तथा कलाकारहरूको छनौट कार्य भैरहेको छ । अडिशन मार्फत नयां अनुहारको खोजि गरिने निर्देशक सापकोटाले बताए । फर्स्टलुक पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म आउँदो वर्ष २०७७ को बिजया दशमीबाट प्रदर्शनमा आउने भएको छ । चाँडै छायांकन सुरु हुने फिल्मको अहिलेदेखि नै प्रचारप्रसार सुरु गरिएको छ ।