कोरोना असर : सर्यो जेम्स बोन्डको ‘नो टाइम टु डाई’

जेम्स बोन्डको फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति परिवर्तन भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै फ्यानहरूले फिल्मको प्रदर्शन मिति सार्न गरेको आग्रहलाई स्वीकार्दै निर्माण कम्पनिले प्रदर्शन मिति परिवर्तन गरेको हो । फिल्म अब नोभेम्बरमा आउने भएको छ ।

निर्माण कम्पनिले ट्विटर मार्फत फिल्म आउँदो नोभेम्बर १२ मा युके र नोभेम्बर २५ मा अमेरिकामा रिलिज हुने जानकारी दिएको छ । ‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ आगामी अप्रिलको पहिलो साता रिलिज हुने तय थियो । तर , पछिल्लो समय विश्वमै फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै फिल्मको रिलिज डेट सारिएको हो । कोरोना भाइरसका कारण यसअघि चीनको बेइजिङमा आयोजना हुने भनिएको फिल्मको प्रिमियर समेत रद्द गरिएको थियो ।