बलिउडमा ‘नमस्ते’ अभियान

अनुपम खेर र सलमान खान भन्दा पछि अक्षय कुमारले कोरोना भाइरसबाट बच्नका लागि ‘नमस्ते’ लाई अभिवादनको तरिका बनाएका छन् । आफ्नो फिल्म ‘सुर्यबंशी’ को प्रमोसनमा ब्यस्त उनलाई जब कोरोनाको असरको बारेमा सोधियो, उनले ‘केहि असर त होला तर यो भन्न गाह्रो छ कि कति असर हुन्छ ।’ भनेका छन् ।

अक्षयले यहि बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपिल दोहोर्याएका छन् । उनले भिडभाडमा नजान र स्वस्थ जीवन शैली अपनाउन सम्पूर्णमा अनुरोध गरे । आफ्नै देशको अभिवादन ‘नमस्ते’ लाइ फलो गर्ने हो भने केहि हद सम्म सुरक्षित रहन सकिने उनको भनाइ छ ।

आइतवार सलमान खानले सामाजिक संजाल मार्फत एक तस्विर सेयर गर्दै कोरोनाका विषयमा बोलेका थिए । सर्टलेस बनेर हात जोडेको तस्विरमा उनले ‘नमस्कार… हाम्रो सभ्यतामा नमस्ते र सलाम छन् । जब कोरोनाको प्रकोप सकिन्छ तब हात मिलाउला अंकमाल गरौला ‘ भनेका छन् ।


त्यस्तै मार्च ३मा अनुपम खेरले ट्वीत् मार्फत एउटा भिडियो सार्वजनिक गर्दै भनेका थिए,’मेरा साथीहरु संसार भर कोरोना भाइरसको वातावरण बीच मलाइ लाग्छ एक अर्कालाई अभिवादन गर्नेको सबै भन्दा राम्रो तरिका हात मिलाउन नभएर पुरानो भारतीय परम्परा ‘नमस्ते’ गर्नु रहेको छ । बस, आफ्नो दुई हात साथ मिलाउ र संक्रमणबाट बचौं । जसरि हुन्छ आफुलाई जोगाउ, यो एक तरिका हो । आफु सतर्क रहन नमस्ते गरौँ।’