टिका र जनकको आवाजमा ‘यसरी नाचौला ’

गायिका टिका प्रसाई र जनक विवश न्यौपानेको आवाजमा ‘यसरी नाचौला’ गीतको भिडियोसार्वजनिक भएको छ ।  गीतमा आफ्नी प्रेमीकालाई आफ्नो बनाउनको लागी अनेक प्रकारका दुख गरेको प्रेमका भावहरु व्यक्त गरिएको छ ।

जिवनमा आफुले पनि निरन्तर साथ दिने कुरा गायिकाले गरेकी छन । अंकित डिसीको शब्द तथा संगीत सिर्जना गीतमा रहेको छ । दीपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ‘यसरी नाचौला ’ गीतको भिडियोमा पुजन घिमिरे,अवि वाग्ले , अर्चना श्रेष्ठ र प्रोमिन्जल भटटको नृत्य तथा अभिनय रहेको छ ।