ड्रग्स कनेक्सन खोज्दै रिया चक्रवर्तीको घरमा नारकोटिक्स ब्यूरोको छापा

बलिउड अभिनेत्री रिया चक्रवर्तीको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अचानक छापा मारेको छ । उसले सामाजिक संजालमा सुशान्तको मृत्युमा ‘ड्रग्स’ को समेत संलग्नता भएको हुनसक्ने भन्दै छापा मारेको हो ।

केहि दिन अगाडी रियाको ह्वाट्सएप मेसेजमा ‘ड्रग्स’का बारेमा कुराकानी भएको भेटिएपछि अनुसन्धान गर्न दिल्लीबाट एनसीबीको टोली मुम्बई पुगेको थियो । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याका बारेमा रियासँग सिबिआइले समेत अनुसन्धान गरिरहेको छ ।

रियाको घरमा मात्र छापा नमारेर एनसीबीले सुशान्तको पूर्व कर्मचारी सैमअल मिरांडाको घरमा समेत छापा मारेको छ । एनसीबीले यस मुद्दासँग ड्रगको संलग्नताको आरोपमा ५ जनालाई नियन्त्रणमा लिइसकेको छ । अहिले उनीहरुसँग यस विषयमा बयान लिनेक्रम भइरहेको छ ।