अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परि घाइते

अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परेकी छिन् । हिजो मंगलबार सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको थियो । एक म्युजिक भिडियोको कुराकानी पछि घर फर्कनेक्रममा दुर्घटनामा परेकी हुन् ।

सवारी दुर्घटनामा घाइते भएकी रजक समान्य उपचारपछि घर फर्किएकी थिइन् । तर दुखाई बढेपछि परिवारले नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेको थियो । उनको घुँडा र टाउकोमा चोट लागेको बताइएको छ । उनको स्कूटरलाई ठक्कर दिने स्कूटर चालकको लाइसेन्स नभएको बताइएको छ ।