‘झिमझिम परेली’गीतमा पल र अशोक दर्जीको एक्सन

गायक तथा संगीतकार टंक बुढाथोकी र कबिता सिवाकोटीको नया गीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द छ भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् ।

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियको कंन्सेप्ट टंक बुढाथोकी कै रहेको छ ।  गीतको भिडियोमा अभिनेता पल शाह, बालगायक अशोक दर्जी म्युजिक भिडियोमा देखिएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सनका रुपमा उतारिएको छ ।

पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन् । गीतको भिडियोलाई उत्तम हुमागाईले खिचेका हुन् , भने सम्पादन नबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने काम सुबोल थापाले गरेका छन् ।