एस लामा र रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

गायिका रचना रिमाल र गायक एस लामाले गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा कसैलाई देख्दा आफु फिँदा भएको कुरा प्रस्तुत गरिएको छ । गीतलाई मोतिलाल भुजेलले लेखेका छन् भने संगीत र संगीत सम्योजन अशोक थापाले गरेका छन् ।

गीतको भिडियोमा एस लामा आफै अभिनयमा उत्रिएका छन् भने सन्ध्या अधिकारीले उनको प्रेमिकाको भुमिका निभाएकी छन् । भिडियोलाई सुरज खनालको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो निर्देशन रामचन्द्र चापागाईले गरेका छन् ।