राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न

राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्रीपंगेनी सँगै वर्तमान अध्यक्ष रमेश विजी उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागि थिए।

समारोहमा संगीतकर्मी कृष्ण गन्धर्वलाई १५ हजार सहित ‘लोक बहादुर स्मृति पुरस्कार’, ११ हजार नगद सहितलोक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपालीलोक संगीतमा विद्यावारिधी गरेका डा. राम प्रसाद घिमिरेलाई सम्मान गरिएको छ । उनीहरुसँगै कोभिडको समयमा कलाकारहरुलाई सहयोग पु¥याएका पृथ्वी थकाली र विनोद श्रेष्ठलाई पनि सम्मान गरिएको छ।

‘तपाईहरुले प्रतिष्ठान स्थापना गर्ने जुन अठोट गर्नुभयो, त्यसको लागि बद्री पंगेनीको ठुलो हात छ । यो काम जुगजुग बाँचिरहन्छ । प्रतिष्ठान हाम्रो सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो । प्रतिष्ठानका लागिनगरपालिकाले सक्ने सहयोग गर्नेछ । ’नगर प्रमुख अधिकारीले भने ।
प्रतिष्ठानका महासचिव सुवास के.सी.ले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानलाई कोरोनाको समयमा सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मानका साथै आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनिकदर तथा प्रमाणपत्र प्रदानगरिएको थियो ।समारोहमाबोल्दै प्रतिष्ठानका वर्तमानअध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवंगतश्रष्टाहरुको बैकुण्ठ तथा पुण्यभुमी बनाउने योजना सुनाए । उनले भने, ‘ बाजासंग्रहालय, संगीतालय स्थापनागर्ने सपनाले मुर्त रुप लिँदैछ । मलाई आफ्ना अनुभव साँटेर आफुलाई सहयोग गर्ने पुर्व अध्यक्षहरु प्रति आभार व्यक्त गर्दछु ।’
साधारणसभा पश्चात आयोजित वन्दशत्रमा प्रतिष्ठानको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अहिलेको प्रतिकुल अवस्थामा पनि अत्यधिक संगीतकर्मीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा भावी योजनाको घोषणा पनि गरिएको थियो। भावियोजना अनुसार प्रतिष्ठानले अघिल्ला कार्यकालहरुमा गर्दै आइरहेका महत्वपुर्ण कार्यहरुलाई निरन्तरता, लोकबाजा संकलन सहितको संग्रहालय स्थापना, संगीत बिकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरुमा संगठन विस्तारका साथै निस्क्रिय रहेका जिल्लाहरुलाई क्रियाशिल, अनुशासित, मर्यादित, व्यवस्थित र चलायमान गराउन पहल तथा रोयल्टी पाइरेसी सम्बन्धि सम्बन्धित सरोकारवालाहरुसँग बसी स्पष्ट धारणा ल्याउन पहल तथा लोकदोहोरी आचारसंहिता समेत तयार गर्ने लगायतका विषयहरु रहेका छन् ।

वि.सं २०५७ सालअसोज १६ गते स्वर्गीय लोक गायक, लोक बहादुर क्षेत्रीको सम्झनामा नवलपरासीको अरुण खोलामा भएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा उपस्थित गायक गायिका एवम् निर्णायक मण्डलका अग्रजहरुको भेला पश्चात अम्बर विरही गुरुङको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिती गठन भई त्यसको ७महिना पश्चात वि.सं २०५८ वैशाख १४ र १५ गतेको राष्ट्रिय भेलामार्फत गैंडाकोटको उच्चमा.वि.बाट अम्बर विरही गुरुङकै अध्यक्षतामा प्रतिष्ठानको पहिलो कार्यसमिती गठन भएको थियो ।