अन्जु पन्तको ‘रुमाल ’मा पल र गरिमाको छमछम

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको ‘ रुमाल ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रीय गायिका अन्जु पन्त र सर्जक खनालको स्वर रहेको छ । शुक्रबार सार्वजनिक भएको लोकशैलीको उक्त गीतमा चर्चित मोडल तथा नायक पल शाह र मोडल गरिमा शर्माले अभिनय गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियो छोटो अवधिमै यूट्युबमा चर्चा बटुल्न सफल भएको छ । कमल सौरागले संगीत भरेको यस गीतमा स्मृति शाही र पुष्पा बोहराले समुह गायन गरेका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । नवराज उप्रेतीले छाया“कन गरेको यो गीतको भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले एसिस्टेन्ट कोरियोग्राफी गरेका छन् ।