माउन्ट एभरेस्ट फेसन रनवेमा गायिका जोशीको सरप्राइज इन्गेजमेन्ट (फोटो फिचर)

 

काठमाडौं- गायिका इन्दिरा जोशीले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । उनले त्यतिबेलै आफू कसैसँगको प्रेममा रहेको बताएकी थिइन् । प्रेममा रहेको केही महीनामै इन्दिराको सरप्राइज इन्गेजमेन्ट भएको छ । प्रेमीले उनलाई सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका छन् ।

फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका छन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।