प्राञ्जलको ‘बिहानी’ सार्वजनिक

गायक प्राञ्जल पोखरेलको गीत ‘बिहानी’ सार्वजनिक भएको छ । आफ्नै शब्द रहेको गायक पाखेरेलको गीतमा सागर अधिकारीको संगीत रहेको छ । बसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा गायक पोखरेल र स्नेहा भट्टराईले अभिनय गरेका छन् । अर्जुन सापकोटाको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई जीवन टण्डनले सम्पादन गरेका हुन् ।