वर्षा र आकाशको लाखौ सपना (भिडियो)

नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको अभिनय रहेको “लाखौ सपना” बोलको गीत सार्वजनिक भएको छ । गीतमा हेम मोक्तान तामाङको शब्द र स्वर समावेश रहेको छ । स्वरमा उनलाई गायिका प्रबिशा अधिकारीले साथ दिएकी छिन् । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका छन् । यस्तै गीतको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् भने राज महर्जनको भिडियोमा कोरियोग्राफी रहेको छ । टेकेन्द्र शाहले भिडीयो सम्पादन गरेका हुन् ।