पल र प्रिज्मा,प्रिन्सी अभिनीत ‘यो माया हो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ-  नायक तथा मोेडल पल शाह, मोडलद्धय प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको ‘यो माया हो’ बोलको गीतकोे भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक निर्मल लामाको स्वर छ । टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको यो भिडियोमा राम केसीको छायांकन, एम सिंहको कोरियोग्राफी छ । डीबी लामाको शब्द र संगीत रहेको गीतको भिडियोलाई दक्षिणकालीमा छायांकन गरिएको छ ।