समिर आचार्य र एलिना चौहानको ‘म्वाई खाइदेउन गालामा’ सार्वजनिक

गायक समिर आचार्य र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘म्वाई खाइदेउन गालामा’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सन्तोष सुनारको शब्द र संगीत, मोहित मुनालको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सुनील क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् ।

डान्सिङ फ्लेभरको गीतमा सुनील र कविता रोमान्टिक मुडमा देखिएका छन् । सुनील क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा विकास सुवेदीको सम्पादन, अजय रेग्मीको छायांकन छ ।

भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।