हिमाल सागर र अन्नु चौधरीको स्वरमा ‘पुर्णिमाको जुन झैं’

गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। 

‘पुर्णिमाको जुन झैं’ बोलको गीतमा बिशाल निरौलाको संगीत र दाहाल सन्तोसको शब्द रचना रहेको छ। 

रोमान्टिक गीतको भिडियोको निर्देशन र सम्पादन युवराज खत्रीले गरेका हुन्। सुरेश काफ्लेको छायाँकन रहेको भिडियोमा इन्दु दनुवार र कृष्ण पौडल फिचर्ड छन्। 

भिडियो तारा सितारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।