समारिकालाई संझिएर विकासलाई लाग्यो ‘बाडुल्की’


गायिका रचना रिमाल र गायक सागर जोशीको स्वरमा समावेश ‘बाडुल्की’ बोलको गीत सार्वजनिक गरिएको छ । रियालिटी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा हिमान्सु रायमाझीको शब्द, कृष्ण पाण्डेको संगीत छ । 

गीतको अडियो कर्णप्रिय छ । गायक सागरले गायन क्षेत्रमा संभावना देखाएका छन् । यो भिडियोमा मोडल समारिका ढकालसँग विकास सुवेदीले अभिनय गरेका छन् । विकासको यो डेब्यू  भिडियो हो । भिडियोबाट विकासले मोडलिङको दुनियाँमा बलियो संभावना देखाएका छन् । उनले डेब्यू भिडियोमा नै गज्जबको नृत्य गरेका छन् । 

भिडियोमा उत्तम श्रेष्ठ शिशिरको निर्देशन छ । राहुल बराइलीको कोरियोग्राफी रहेको भिडियोमा मुकेश हुमागाँइको छायांकन, विनोद बामको सम्पादन छ ।