प्रताप दास र एलिना चौहानको स्वरमा 'दारी भर्सेस नारी'

'दारी भर्सेस नारी' बोल्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रताप दास र गायिका एलिना चौहानको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो ।

सिम्पल खरेलले निर्देशन सँगसँगै गीतको भिडियोमा अभिनय पनि गरेकी छन् । सिम्पललाई कलाकार राज आचार्य साथ दिएका छन् ।

डान्सिङ शैलीको गीतमा बाबुल गिरीको शब्द, संगीत संयोजन रहेको यस गीतलाई  प्रकाश खरेलले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।  

सिम्पलले रोमाञ्चक तरिकाले भिडियोमा आफ्नो निर्देशनिय कला भरेकी छन् । राज र सिम्पलको अब्बल नृत्य देख्न सकिन्छ । उनीहरुको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भरिएको भिडियो थप रोचक बनेको छ । 

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा उत्तम हुमागाईँको छायांकन, हरि हुमागाईँको डिओपी तथा सम्पादन रहेको छ ।

प्रविण मानन्धरको कलर रहेको गीतको भिडियोमा शान थापाको पोस्टर डिजाइन रहेको छ ।