कलाकार संघमा अध्यक्षको मनोमानी, अन्य सदस्य के हेरेर बस्दैछन् ?


नेपाल चलचित्र कलाकार संघका सदस्यहरु चुनावको समयमा निकै चहलहपल गर्छन् । तर, चुनाव सकिएपछि कलाकार संघको अस्तित्व नै छ कि छैन थाहा हुदैन । 

कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएपछि मोहन निरौलाले सबै कलाकारले आफ्नो महशुश हुने गरि काम गर्ने बताएका थिए । उनले, कलाकारहरुको पेशागत सुरक्षाका लागि काम गर्ने बताएका थिए । तर, उनको काम गराई र बोलीमा कत्ती पनि मेल देखिएको छैन । 

मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिएको समयमा उपाध्यक्ष पदमा कलाकार डी बी बमजनले पनि उम्मेदवारी दिएका थिए । तर, उनी उक्त पदमा पराजित भए । तर, अहिले आएर उनै पराजीत व्यक्तिलाई अध्यक्ष निरौलाले उपाध्यक्ष पदमा मनोनित गरेका छन् । 

कलाकार संघमा उपाध्यक्ष बन्ने अरु व्यक्ति नै नभए जसरी अध्यक्षले मनोमानी रुपमा पराजित व्यक्तिलाई मनोनित गरेका छन् । तर, यसमा कलाकार संघकै अरु सदस्य टुलुटुलु हेरेर बस्न वाध्य छन् । 

कलाकार संघको नयाँ कार्यसमितीले कुनै संझनलायक गतिविधी अहिलेसम्म गरेको छैन । यस्तो अवस्थामा अध्यक्षको भने मनोमानी देखिन थालेको छ । उपाध्यक्ष पदमा डी बीलाई हराएर विजयी भएका कलाकारहरु अब कसरी उनीसँगै सोही पदमा काम गर्न सहज होलान् । हेर्दै जाउ, कलाकार संघमा अरु के कस्ता गतिविधी देख्न पाइने हो ?