रानी र प्रतापको ‘मेरो संसार’ रिलिज, प्रेमिलो देखिए निलम र सुदिन


अमेरिकामा रहेर पनि गायिका रानी शाक्यले निरन्तर गीतसंगीत बजारमा ल्याइरहेकी छिन् । उनले, सार्वजनिक गरेका गीतहरुले बजारमा चर्चा पनि पाइरहेका छन् । यसैबिच, उनै गायिका शाक्यले गायक प्रताप दाससँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा विना भट्टराइको शब्दमा तथा  मिन गुरुङको संगीत छ । 

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । यी दुबै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् । सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ ।

प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।